Wednesday, 2 March 2022

विद्यालयको इतिहास:

 विद्यालयको इतिहास:

यस श्री क्षेत्रपाल आधारभुत विद्यालयको स्थापना२०४५साल कार्तिक ११ गते तल्कालीन शिक्षा प्रेमी तथा हाल यसै विद्यालयका शिक्षक भरतप्रसाद अर्यालको सकृयतामा भएको हो । सुरुमा विद्यालय भवन नहुादा चौरमा राखी पठनपाठन सञ्चालन गर्नको लागि जिल्ला शिक्षा कार्यालय नुवाकोटवाट एक दरवन्दी सहित वि.न.पा.का श्री रामबाबु डंगोललाई अध्यापनको लागि पठाईएको थियो ।२०४५साल मंसिरमा सानो दुई कोठे भवन निमार्ण गर्न सफल हुन पुगियो । करिब एक बर्ष दुई कोठे भबनमा राखि पठन पाठन गरेपछि २०४६ जेष्ठ एक गते हाल यसै विद्यालयका प्र.अ.श्री केशव प्रसाद रिमाल र श्री रामबाबु डंगोलको पारस्परिक सहमतिको आधारमा सरुवा भई र पठन पाठनगर्न केसब प्रसाद रिमाल आउनुभयो । जस्को कारण बाट बिद्यालयले  नयाा अनुहार कोल्टेफेर्न सफल भयो ।अभिभाबक,समाजसेवी वुध्दीजिवी,शिक्षकतथा शिक्षाप्रेमीको अग्रसरता र सहभागीतामा बिभिन्न कार्यक्रम गरि २०४६साल कार्तिकमा घरदैलो ,देउसि,भैलो तथा सहयोग संकलन गरि खड्गभञ्ज्याङ्ग गाविस वडा नं ५स्थित सिर्खालि, पिपलेश्वारा मा निर्माण गरिएको कच्ची सानो २ कोठे भवनमा पठन पाठनगर्न नसकिने र कक्षाकोठा समेत नपुग भएको कारण बाट उक्त२ कोठे भवन भत्काई ५ कोठे भवन निर्माण गरियो । र भबनको छानाको लागी जि.वि.स. नुवाकोटवाट ८ बण्डल जस्तापाता उपलब्ध भएको देखिन्छ । भवन निर्माणकार्य संम्पन्न भए पश्चात विद्यार्थिको ब९दो चापको कारणबाट १जना शिक्षकबाट पठन पाठनगर्न समस्या पर्न गएकोले अभिभाबकहरुको आग्रह र सल्लाह अनुसार हालै यसै विद्यालयका शिक्षक श्री हरि प्रसाद अर्याल लाईृ नि:सुल्क अध्यापन  सहयोग गर्ने सर्तमा तत्कालिन संचालक समितिले निर्णय गरि शिक्षक थप गरियो ।

तब २ जना शिक्षक बाट अध्ययन अध्यापन कार्य सरु भएपछि शिक्षाको स्तर बृध्दिभएको हुदाा विद्यार्थि संख्यामा उल्लेख्य वृध्दिभएको कारण बाट जि.शि.का.नुवाकोट बाट १शिक्षक दरवन्दि थप भएको हुदा नि:सुल्क अध्यापनमासहयोग गर्ने हालका यसै विद्यालयका शिक्षक श्री हरि प्रसाद अर्याल लाई मिति २०४७।०५।०१ गते देखि लागुहुने गरि तत्कालिन संचालक समितिले निर्णय दियो । अब विद्यालयमा कक्षा १(३ संन्चालन र शिक्षक दरवन्दी संख्या २ कायम हुन पुग्यो ।त्यसपछि क्रमस: कक्षा अवग्रेड गद कक्षा १देखिकक्षा ५ स्ांम्म स्विकृती प्राप्तभयो । विद्यालयकोआवश्यकता र अभिभावको चाहाना अनुसार कक्षाकोठा अपुग भएको कारण बाट २०४९मा पुरानो भवन र्ममत गरि १ कोठा तला थप्ने काम समेत गरियो । साथै बढ्दो विद्यार्थिको चापको कारण बाट शिक्षक ,  विद्यार्थि अनुपातमा आ.व २०५० /०५१ म २ शिक्षक दरवन्दि थप भयो । जसमा हाल कार्यरत शिक्षक भरत प्रसाद अर्याल र श्रीमति भवानि देवि रिमाल हुनुहुन्छ । अब विद्यालयमा ४ प्रा.शि दरबन्दि र ५ कक्षा सञ्चालन शुरु भयो । वि.सं २०५२ को अविरल वर्षाको कारण वाट पुरानो भवनको जग भासिन गई भवन पुरै क्षतिग्रस्त भएकोले पुन: विद्यालयले स्थानिय वन समिति , नेपाल रेडक्रस सोसाईटि , गा.वि.स , तथा जि.वि.स , अविभावकहरुको सहयोगमा ५ काठे नयां भवन र २०५१ /०५२ मा  जि.शि.का नुवाकोटको प्रा.शि. परियोजनाको सहयोगमा २ कोठे ब्लक निमार्ण भयो । तथापि २०७२ बैशाख १२ गते को विनासकारि भुकम्प को कारण  उक्त ३ वटा ७ कोठे भवन पुर्णरुपले क्षति ग्रस्त भई उक्त भवनमा भएका फर्निचर ,शैक्षिक सामाग्रि , पौष्टिक आहारका भाडाकुडा, कम्प्युटर , पङखा , कार्पेंट लगनयत का  सामाग्रिहरु समेत को क्षति भएको र स्थानिय समाजसेवि शिव रिमाल को सक्रियतामा भोल नेपाल संस्था मार्फत ७ कोठे भवन , विद्यालय हाता सम्याउने र खाने पानिको लागि इनार समेत निर्माण गरि स्थानिय अभिभावक , शिक्षक , विद्यार्थि , वि.ब्य.स , शि.अ.संघ ,  विदेशि पर्यटक  समेतको संलग्नतामा उक्त ७ कोठे भवन सम्पन्न भयो ।  हाल यस विद्यालयमा जि.शि.का नुवाकोट मार्फत २०६४ सालमा सबैका लागि शिक्षा कार्यक्रम अन्तरगत निमार्ण गरियको २ कोठे भवन २०७२ बैशाख १२ गते को विनासकारि भुकम्प को कारण अर्धक्षेति भई मर्मतको पर्खाईमा चिहाई रहेको छ भने २०६९ सालमा जि.शि.का नुवाकोटको २ कोठे भवन निर्माण को लागि छुट्याईको ७,५०,०००। रकममा विद्यालयले  नपुग रकम थप गरि आर.सि.सि गरि निर्माण भएको भवन सहित यस विद्यालयमा  ९ वटा कक्षा कोठा , ३० जोर डेक्स बेन्च , १२ वटा टेबल , ३०वटा कुर्सि , ६वटा दराज , कम्प्युटर लगायतका सामाग्रिहरु भएको देखिन्छ साथै माथि उल्लेखित भएको आर.सि.सि भवन रहेको जग्गा  विद्यालयले २०६६ सालमा आफ्नै श्रोत बाट ०—१४—३—२ क्षेत्रफल भएको जग्गा रु.१,६०,०००मा खरिद गरियो । साथै २०७६ मा जाइका नेपाल संस्था बाट यस विद्यालयमा ६कोठे पककीभवन (डेक्स,बेन्च)२वटा अपाङ्गता मैत्रीकशौचालय निर्माण भएकोछ ,साथै धेराबार समेत निर्माण गरिएकोछ । हाल यस विद्यालयमा प्राथमिक दरबन्दि ४ , नि.मा.वि राहत १ , प्राथमिक राहत १ , प्राथमिक महिला राहत १ , प्राथमिक अपाङ्ग राहत १,विद्यालय का.स १ र बालविकास १ सहित कक्षा ८ सञ्चालन भएकोछ । जम्मा विद्यार्थि ११३ छात्र,छात्राहरु अध्यानरत छन् । 

(विद्यालयको विद्यालय सुधार योजनाबाट साभार)


No comments:

Post a Comment