क्षेत्रपाल आधारभूत विद्यालयको भवन । २०८२ असोज २७ गते
क्षेत्रपाल आधारभूत विद्यालय KSHETRAPAL BASIC SCHOOL
विदुर नगरपालिका वडा नं ३, सिर्खाली, नुवाकोट BIDUR MUNICIPALITY-3, SIRKHALI, NUWAKOT
Monday, 13 October 2025
Monday, 23 December 2024
भौगोलिक अवस्था
भौगोलिक अवस्था
बागमति प्रदेश अन्तर्गतका १३ जिल्ला मध्य समुन्द्र सतह देखि पाँच सय अठार मिटर देखि चार हजार आठसय छयहत्तर मिटर उचाइ सम्म फैलिएको पहाडी जिल्ला नुवाकोटको क्षेत्रफल ११२१ वर्ग किलोमिटर रहेको छ । दुइवटा नगरपालिका र १० वटा गाउँपालिकामा विभाजित यस जिल्ला अन्तर्गत यस क्षेत्रपाल आधारभूत विद्यालय विदुर नगरपालिका वडा नं–३ सिर्खालीमा विद्यमान छ । विसं २०७८ को जनगणना तथ्याङ्क अनुसार जिल्लाको कुल जनसंख्या २६३३९१ र जनघनत्व २३५ वर्ग किमी रहेको छ ।
जनगणना २०६८ को तथ्याङ्क अनुसार विद्यालय रहेको विदुर नगरपालिकाको कुल जनसंख्या ५४३५१ रहेको छ भने घरधुरी संख्या १२५०५ रहेको छ । यसै गरी २०७८ को जनगणना तथ्याङ्क अनुसार कुल जनसंख्या ५९२२७ रहेको छ । घरधुरी १५२३४ रहेको छ । यस्तै ०७८ अनुसार नगरपालिकाको साक्षरता दर ७७.१२ (पुरुष ः८५.५७ र महिला ः६९.४४) प्रतिशत रहेको छ । जनघनत्व ४५६ प्रति वर्ग मि रहेको छ । बार्षिक जनसंख्या वृद्धिदर ०.८२ प्रतिशत रहेको छ ।
जनगणना तथ्याङ्क २०७८ अनुसार विद्यालय रहेको वडा नं–३ को जनसंख्या विवरण निम्नानुसार रहेको छ ।वडाको कूल जनसंख्या ४८१५(पुरुषको जनसंख्या २२६५ महिलाको जनसंख्या २५५०) रहेको छ ।
यस वडा भित्र ५ वर्ष उमेर समूहको लैङ्गिक वितरण
|
All Ages |
2180 |
1145 |
1035 |
|
00-04 Yrs. |
204 |
119 |
85 |
|
05-09 Yrs. |
224 |
125 |
99 |
|
10-14 Yrs. |
179 |
87 |
92 |
|
15-19 Yrs. |
232 |
116 |
116 |
|
20-24 Yrs. |
205 |
109 |
96 |
|
25-29 Yrs. |
207 |
106 |
101 |
|
30-34 Yrs. |
160 |
73 |
87 |
|
35-39 Yrs. |
140 |
80 |
60 |
|
40-44 Yrs. |
103 |
51 |
52 |
|
45-49 Yrs. |
107 |
57 |
50 |
|
50-54 Yrs. |
113 |
56 |
57 |
विदुर नगरपालिका वडा नं ३ स्थिति क्षेत्रपाल आधारभूत विद्यालय विदुरदेखि ५ कि.मि. पश्चिममा रहेको छ । यसको १ किमी पूर्वमा श्री रणभुवनेश्वर मावि, ५०० मि पूर्वमा सामुदायिक विद्या मन्दिर (गुठी अन्गर्तत), एक किमी उत्तरमा चण्डेश्वरी आवि, ५०० मिटर पश्चिममा सेतीदेवी आवि तथा एक किमी पश्चिममा चण्डी आवि तथा एक किमी दक्षिणमा बेलकोट गढी नगरपालिका वडा नं आठ स्थित जनसेवा आवि रहेको छ ।
Thursday, 14 March 2024
अभिभावक भेला सम्वन्धि सूचना
यस श्री क्षेत्रपाल आधारभूत विद्यालय विदुर ३ सिर्खाली, नुवाकोटको विद्यालय व्यवस्थापन समितिको मिति २०८० साल चैत्र ०१ गते बसेको वि.व्य.स. बैठकको निर्णय अनुसार मौजुदा वि.व्य.स.को समयावधि सकिएकोले नयाँ विद्यालय व्यवस्थापन समितिको चयन गर्नको लागि तपशिल बमोजिमको मिति स्थान र समयमा अभिभावक भेला हुने भएकोले सम्पूर्ण अभिभावक, शिक्षा प्रेमीको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
प्रधानाध्यापक एवम् सदस्य सचिव
क्षेत्रपाल आधारभूत विद्यालय
विदुर–३, नुवाकोट
Monday, 13 February 2023
श्री क्षेत्रपाल आधारभूत विद्यालय: विद्यालयको इतिहास:
श्री क्षेत्रपाल आधारभूत विद्यालय: क्षेत्रपाल आधारभूत विद्यालयको ३३ औं वार्षिकोत्सव, ...
Thursday, 19 January 2023
Wednesday, 23 March 2022
क्षेत्रपाल आधारभूत विद्यालयको ३३ औं वार्षिकोत्सव, अभिभावक भेला, शिक्षक सम्मान तथा विदाई कार्यक्रम २०७८/१२/०६
क्षेत्रपाल आधारभूत विद्यालयको ३३ औं वार्षिकोत्सव, अभिभावक भेला, शिक्षक सम्मान तथा विदाई कार्यक्रम २०७८/१२/०६




.png)


















































