२०७८/१२/०६
क्षेत्रपाल आधारभूत विद्यालय विदुर ३, सिर्खाली नुवाकोटको ३३ औं वार्षिकोत्सव, अभिभावक भेला, शिक्षक सम्मान तथा विदाई कार्यक्रम, माननीय वहादुरसिंह तामाङको प्रमुख आतिथ्यतामा विविध सांस्कृतिक कार्यक्रमका साथ आइतवार सम्पन्न भयो ।कार्यक्रममा बाल्दै प्रमुख अतिथिले ुुविद्यालयको भवन निर्माणमा आवश्यक सहयोग गर्नेुु प्रतिवद्धता समेत जनाउनु भयो । कार्यक्रममा वोल्दै माननीय तामाङले विद्यालयको उन्नती प्रगतिको कामना गर्नुका साथै स्थानीय महिला पञ्जे बाजा समूहलाई रु ३० हजार नगद समेत सहयोग गर्नुभयो ।
कार्यक्रममा बोल्दै विशेष अतिथि एवम् कांग्रेस नेता धु्रव अधिकारीले विद्यार्थीकालमा आफू यहींवाट प्रहरीको गिरप्mतारीमा परेकोले सिर्खालीसंग भावनात्मक सम्बन्ध भएको बताउनु भयो । यस्तै विशेष अतिथिका रुपमा बोल्दै अर्का नेता राजु थापाले कार्यमको सफलताको कामनागर्नु भयो । कार्यक्रममा परिवेश वडाल, प्रेमप्रसाद रिमाल, शिव दहाल, शुदर्शन नेपाली, प्रदिप घिमिरे, रामप्रसाद रिमाल, शम्भुप्रसाद शर्मा लगायतका बक्ताले आप्mनो शुभकामना मन्तब्य राख्नुभएको थियो ।
यसै कार्यक्रमका विच स्थानीय युवा तकबहादुर रिमालले ब्यक्तिगत खर्चमा विद्यार्थीकालागि १५० सेट कपडा विद्यालयलाई हस्तान्तरण गर्नु भयो ।
कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व एवं संस्थापक अध्यक्ष भरत प्रसाद अर्यालले विद्यालय स्थापनाको उद्देश्य, नामाकरण र तत्कालिन अवस्थको जटिलता लगायतका बारेमा प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रममा बोल्दै अर्र्यालले तत्कालिन प्राथमिक शिक्षा मन्त्री, गितकार एवम् कवि क्षेत्रप्रताप अधिकारीको नामबाट विद्यालयको नामाकरण गरी मिति २०४५ कार्तिक ११ स्थापित विद्यालयको हालसम्मको अवस्थाबारे चर्चा गर्नुभएको थियो । यस्तै अर्का विदाइ हुनु भएकी भवानी रिमालले विद्यालयमा शिक्षाकोमात्र कार्य नगरी महिला शसक्तीकरण र सामाजिक रुपान्तरणका लागि कार्य गरेको स्मरण गर्दै आगामिदिनमा एक जना विद्यार्थीलाई छात्र वृत्ति प्रदान गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भयो ।
राष्ट्रिय कलाकार संघका केन्द्रिय सदस्य एवम गायक मदन थापाले विभिन्न सांगितिक कोसोली प्रस्तुत गर्नुका साथै विद्यार्थीहरुले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । यसै क्रार्यक्रमका विच विद्यालयलाई निशुल्क खानेपानीको मुहान उपलब्ध गराउने अभिभावक धनपति नेपालीलाई प्रमुख अतिथिद्वारा प्रसंसा पत्र प्रदान गरि सम्मान गरिएको हो ।
विद्यालयको तर्फबाट शिक्षिका सावित्रि रिमालल र विद्यार्थी विनिसा घिमिरेले विद्यार्थीका तर्फवाट स्वागत मन्तब्य दिनुभएको थियो । सो कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद अर्यालले सञ्चालन गर्नुभएको हो । उक्त कार्यक्रममा प्र अ केशव प्रसाद रिमालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुलेलको सभापतित्वमा सम्पन्न भएको थियो ।




No comments:
Post a Comment