क्षेत्रपाल आधारभूत विद्यालयको ३३ औं वार्षिकोत्सव, अभिभावक भेला, शिक्षक सम्मान तथा विदाई कार्यक्रम २०७८/१२/०६
विदुर नगरपालिका वडा नं ३, सिर्खाली, नुवाकोट BIDUR MUNICIPALITY-3, SIRKHALI, NUWAKOT
Wednesday, 23 March 2022
क्षेत्रपाल आधारभूत विद्यालयको ३३ औं वार्षिकोत्सव, अभिभावक भेला, शिक्षक सम्मान तथा विदाई कार्यक्रम,
२०७८/१२/०६
क्षेत्रपाल आधारभूत विद्यालय विदुर ३, सिर्खाली नुवाकोटको ३३ औं वार्षिकोत्सव, अभिभावक भेला, शिक्षक सम्मान तथा विदाई कार्यक्रम, माननीय वहादुरसिंह तामाङको प्रमुख आतिथ्यतामा विविध सांस्कृतिक कार्यक्रमका साथ आइतवार सम्पन्न भयो ।Thursday, 17 March 2022
Monday, 14 March 2022
Wednesday, 2 March 2022
शिक्षक अभिभावक संघ र सामाजिक लेखा समिति
शिक्षक अभिभावक संघ
यस श्री क्षेत्रपाल आवि सिर्खालिको शिक्षक अभिभावक संघ मिति २०७७ पौष ५ गते गठन भएको हो।
क्र.स पद नाम ठेगाना कैफियत
१ संयोजक श्री कृष्ण प्रसाद बडाल विदुर नगरपालिका ३ नुवाकोट
२ सदस्य श्री रत्न कुमारी श्रेष्ठ विदुर नगरपालिका ३ नुवाकोट
३ सदस्य श्री धनपति नेपाली विदुर नगरपालिका ३ नुवाकोट
४ सदस्य श्रीसंन्तोषि धौलाली विदुर नगरपालिका ३ नुवाकोट
५ सदस्य श्रीकृष्ण बहादुर भुजेल विदुर नगरपालिका ३ नुवाकोट
बार्तमान विद्यालय ब्यवस्थापन समिति
बार्तमान विद्यालय ब्यवस्थापन समिति
विद्यालय ब्यवस्थापन समिति गठन सम्बन्धमा यस श्री क्षेत्रपाल निमावि सिर्खालिको विद्यालय ब्यवस्थापन समितिे मिति २०७७ पौष ५ गते गठन भएको निम्नानुसार छ ।
क्र.स पद नाम थर ठेगाना कैफियत
१ अध्यक्ष कमला भुजेल विदुर नगरपालिका ३ नुवाकोट निर्वाचित
२ सदस्य मंगले श्रेष्ठ विदुर नगरपालिका ३ नुवाकोट निर्वाचित
३ सदस्य राजेन्द्र कुमार ढुगेल विदुर नगरपालिका ३ नुवाकोट निर्वाचित
४ सदस्य कल्पना नेपाली विदुर नगरपालिका ३ नुवाकोट निर्वाचित
५ सदस्य विष्णुमाया श्रेष्ठ विदुर नगरपालिका ३ नुवाकोट मनोनित
६ सदस्य परिवेश बडाल विदुर नगरपालिका ३ नुवाकोट मनोनित
७ पदेन सदस्य श्रीबद्री प्रसाद रिमाल विदुर नगरपालिका ३ नुवाकोट वडा अध्यक्ष
८ सदस्य श्री भरत प्रसाद अर्याल विदुर नगरपालिका ३ नुवाकोट शिक्षक प्रतिनिधि
पुष्पराज अधिकारी विदुर नगरपालिका ३ ३ नुवाकोट
९ सदस्य—सचिव श्री हरिप्रसाद अर्याल विदुर नगरपालिका ३ नुवाकोट प्र.अ
हाल सम्मका बि.ब्य.स. का अध्यक्षहरु ।
वि.ब्य.स. का अध्यक्षहरु
१) भरत प्रसाद अर्याल वि.न.पा.३ (संस्थापक) २०४५/०७/११ देखि २०५१/०५/३०सम्म
२) कुल प्रसाद अर्याल वि.न.पा.३ २०५१/०६/१ देखि २०५२/१२/३०सम्म
३) नारायण प्र. रिमाल वि.न.पा.३ २०५३/०१/१ देखि२०५६/२/५ सम्म
४) बद्रि प्र. रिमाल वि.न.पा.३ २०५६/२/६ देखि २०५७/५/१७ सम्म
५) देवि ब. ढुङ्गेल वि.न.पा.३ २०५७/५/१८ देखि २०५९/५/२९ सम्म
६) नारायण प्र. रिमाल वि.न.पा.३ २०५९/५/३० देखि २०६२/११/६ सम्म
७) बद्रि प्र. रिमाल वि.न.पा.३ २०६२/११/७ देखि २०७०/१०/३सम्म
८) राजेन्द्र कुमार ढुङ्गेल वि.न.पा.३ २०७०/१०/४ देखि२०७४।१०।०३ सम्म
९) कमला भुजेल वि.न.पा.३ २०७७।०९।०५ देखि..
विद्यालयको इतिहास:
विद्यालयको इतिहास:
यस श्री क्षेत्रपाल आधारभुत विद्यालयको स्थापना२०४५साल कार्तिक ११ गते तल्कालीन शिक्षा प्रेमी तथा हाल यसै विद्यालयका शिक्षक भरतप्रसाद अर्यालको सकृयतामा भएको हो । सुरुमा विद्यालय भवन नहुादा चौरमा राखी पठनपाठन सञ्चालन गर्नको लागि जिल्ला शिक्षा कार्यालय नुवाकोटवाट एक दरवन्दी सहित वि.न.पा.का श्री रामबाबु डंगोललाई अध्यापनको लागि पठाईएको थियो ।२०४५साल मंसिरमा सानो दुई कोठे भवन निमार्ण गर्न सफल हुन पुगियो । करिब एक बर्ष दुई कोठे भबनमा राखि पठन पाठन गरेपछि २०४६ जेष्ठ एक गते हाल यसै विद्यालयका प्र.अ.श्री केशव प्रसाद रिमाल र श्री रामबाबु डंगोलको पारस्परिक सहमतिको आधारमा सरुवा भई र पठन पाठनगर्न केसब प्रसाद रिमाल आउनुभयो । जस्को कारण बाट बिद्यालयले नयाा अनुहार कोल्टेफेर्न सफल भयो ।अभिभाबक,समाजसेवी वुध्दीजिवी,शिक्षकतथा शिक्षाप्रेमीको अग्रसरता र सहभागीतामा बिभिन्न कार्यक्रम गरि २०४६साल कार्तिकमा घरदैलो ,देउसि,भैलो तथा सहयोग संकलन गरि खड्गभञ्ज्याङ्ग गाविस वडा नं ५स्थित सिर्खालि, पिपलेश्वारा मा निर्माण गरिएको कच्ची सानो २ कोठे भवनमा पठन पाठनगर्न नसकिने र कक्षाकोठा समेत नपुग भएको कारण बाट उक्त२ कोठे भवन भत्काई ५ कोठे भवन निर्माण गरियो । र भबनको छानाको लागी जि.वि.स. नुवाकोटवाट ८ बण्डल जस्तापाता उपलब्ध भएको देखिन्छ । भवन निर्माणकार्य संम्पन्न भए पश्चात विद्यार्थिको ब९दो चापको कारणबाट १जना शिक्षकबाट पठन पाठनगर्न समस्या पर्न गएकोले अभिभाबकहरुको आग्रह र सल्लाह अनुसार हालै यसै विद्यालयका शिक्षक श्री हरि प्रसाद अर्याल लाईृ नि:सुल्क अध्यापन सहयोग गर्ने सर्तमा तत्कालिन संचालक समितिले निर्णय गरि शिक्षक थप गरियो ।















































